• Menu

‘म्युनिख प्लान्ट’लाई पूर्णरूपमा ईभीमा रूपान्तरण गर्दै बीएमडब्लू

नेपाल प्रफिट

२०८१ फागुन १९, १४:२१

‘म्युनिख प्लान्ट’लाई पूर्णरूपमा ईभीमा रूपान्तरण गर्दै बीएमडब्लू

एजेन्सी । बीएमडब्लू समूहले ‘म्युनिख प्लान्ट’लाई पूर्णरूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनमा केन्द्रित गर्ने भएको छ । जर्मन अटोमेकरले बिहीबार घोषणा गरेअनुसार सन् २०२७ सम्ममा कम्पनीको मुख्यालय म्युनिख प्लान्टलाई ईभीमा केन्द्रित गरिने भएको हो । म्युनिख प्लान्ट प्रिमियम सवारी साधन निर्माणका लागि परिचित छ ।

प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गृष्मकालदेखि सुरु हुने तालिका छ । बीएमडब्लू समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।

हाल म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ । ‘उत्पादन प्रक्रिया र सटिक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,’ म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले भने ।