काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ४ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ अंकमा उक्लिएको हो ।
आज १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९० कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९ वटा कम्पनीको भने स्थिर रह्यो ।
सोमबार कारोबार रकम सामान्य घटेको छ । आइतबार ११ अर्ब ६२ करोडको कारोबार भएकामा आज ११ अर्ब ८ करोड ५४ लाखको कारोबार भयो ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । राप्ती हाइड्रोपावर ९.४७, बोट्लर्स नेपाल ८.०६, नेपाल हाइड्रो ७.१३, नेपाल रि इन्स्योरेन्स ६.४३ र दिव्यश्वरी हाइड्रोपावरको ६.३४ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै, अन्य समूह सबैभन्दा धेरै २.५० प्रतिशत मूल्य बढेको छ । बैंकिङ समूह ०.०९, उत्पादन तथा प्रशोधन ०.९७ र लगानीको ०.९८ प्रतिशत मूल्य बढेको छ ।
विकास बैंक ०.०९, म्युचुअल फन्ड ०.५७, निर्जीवन बिमाको ०.७४, होटल तथा पर्यटन ०.८७, लघुवित्त ०.६३, जीवन बिमा ०.९२, वित्त १.२१, र जलविद्युतको ०.१५ प्रतिशत मूल्य घटेको छ ।
विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट लागेको छ भने भूगोल इनर्जि ५.४२, लक्ष्मी लघुवित्त ५.३८ र रिलायन्स फानान्सको ४.६८ प्रतिशत मूल्य घटेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भयो ।