• Menu

डोल्पाका किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

नेपाल प्रफिट

२०८१ फागुन ४, १२:०३

डोल्पाका किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

डोल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ ।  स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह-सहकारी-फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार ६ सय बिरुवा वितरण गरिएको छ ।

स्याउ जोन प्रभाव क्षेत्र ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको ३ र ४ का कृषकलाई गोल्डेन, रोयल, रेड डेलिसियस, रेड रिचाड जातका स्याउका कलमी बिरुवा वितरण गरेको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए ।

डोल्पा स्याउ खेती र सिमी खेतीको लागि उपयुक्त ठाउँ भएको हुँदा विशेष योजनाका साथ कार्यालयले काम गरिरहेको उनले बताए । मुड्केचुला र काइके गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागू भइरहेको छ ।