• Menu

ओपनएआईलाई ९७.४ अर्ब डलर तिर्न मस्क तयार, अल्टम्यान भन्छन्- एक्स बेच्छौ भने ९.७४ अर्ब दिन्छु

नेपाल प्रफिट

२०८१ माघ २९, १०:३२

ओपनएआईलाई ९७.४ अर्ब डलर तिर्न मस्क तयार, अल्टम्यान भन्छन्- एक्स बेच्छौ भने ९.७४ अर्ब दिन्छु

काठमाडौं । इलोन मस्कले ओपनएआई खरिद गर्न प्रस्ताव गरेका छन् । मस्क नेतृत्वको समूह लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआईका लागि ९७.४ अर्ब डलर तिर्न तयार भएको हो ।

द इकोनोमिक टाइम्सका अनुसार ओपनएआई खरिद गर्ने मस्कको प्रस्ताव अस्वीकृत भएको छ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले मस्कको प्रस्ताव अस्वीकारमात्रै गरेका छैनन्, उल्टै ट्विटर (एक्स) नै खरिद गर्ने प्रस्ताव राखेका छन् । उनले ट्विट गरेका छन्, ‘धन्यवाद, तपाईं चाहनुहुन्छ भने ९.७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’

मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका थिए । ट्विटर किनेर उनले एक्स नाम दिएका हुन् । मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार ओपनएआईलाई परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले खरिद प्रस्ताव राखिएको हो ।