• Menu

जुम्लामा ११ किलोमिटर सडक निर्माण

नेपाल प्रफिट

२०८१ माघ २५, शुक्रबार ११:२२

जुम्लामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११.३ किलोमिटर सडक निर्माण गरेको छ ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए ।

उनले भने, ‘यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।’

झोलुंगे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका–४ स्थित गिडीदह, सिञ्जा–२ स्थित रनुखाना, हिमा–१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ ।

साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुंगे पुलहरु मर्मतसम्भार गरिने जानकारी दिए ।