• Menu

थानकोटदेखि धुलिखेलसम्म बस  सेवा सञ्चालनमा

नेपाल प्रफिट

२०८१ माघ १०, १६:२७

थानकोटदेखि धुलिखेलसम्म बस  सेवा सञ्चालनमा

काठमाडौँ । महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि-गोदाम-चेक पोष्ट-गुर्जुधारा-सतुगंल- कलंकी-बल्खु- कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट-धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्दै चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न बस सेवाले  सजिलो हुने अपेक्षा व्यक्त गरे ।

उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए ।