एजेन्सी । टर्कीको बोलु प्रान्तको एक होटलमा मंगलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
गभर्नर अब्दुल अजिज आयडिनले स्थानीय समय अनुसार बिहान ३:३० बजे एउटा होटलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताए ।
एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।
विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो ।