• Menu

सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप, ५ राउन्ड हवाई फायर

नेपाल प्रफिट

२०८१ पुस २१, १२:२५

सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप, ५ राउन्ड हवाई फायर

सर्लाही । सर्लाहीमा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा शनिबार राति मापसे चेकिङमा खटिएको प्रहरी र स्थानीय युवाबीच विवाद भएपछि तनाव सिर्जना भएको हो ।

चेकिङको क्रममै प्रहरीमाथि आक्रमण भएको मधेस प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुवास बोहोराले जानकारी दिए । स्थानीयको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेको छ । उनको जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको छ ।