एजेन्सी । श्रीलंकाका सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको छ । श्रीलंक प्रहरीका प्रवक्ताले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केबी मानथुंगाले श्रीलंका प्रहरी विभागको आधिकारिक युट्युब च्यानल पनि ह्याक भएको बताए ।
श्रीलंकाको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा पनि परिवर्तन गरिएको छ ।
त्यस्तै श्रीलंका कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीईआरटी) र प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको उनले बताए ।
एसएलसीईआरटीले गत हप्ता सरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो ।
यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।