काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज मंगलबार बढेको छ । सेयर बजार १४.११ अंकले बढेर २६२६.३१ अंकमा उक्लिएको हो ।
आज कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएकामा आज ३१२ कम्पनिको मूल्य ५ अर्ब २० करोड रुपैयाँ बराबर कारोबार भएको छ ।
आज १६८ कम्पनीको मूल्य बढ्दा ७० वटाको भने घटेको छ । ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
आज उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ ।
सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशत, फाइनान्स १.६२ प्रतिशत, होटल तथा पर्यटन ०.९४ प्रतिशत, हाइड्रोपावर ०.७१ प्रतिशत, लगानी ०.९६ प्रतिशत, जीवन बिमा ०.२८ प्रतिशत, लघुवित्त ०.९५ प्रतिशत, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशत बढेको छ ।
आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेर सकमरात्मक सर्किट लागेको छ ।
यस्तै, सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।