काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । वित्त, लघुवित्त र व्यापार समूह बढे पनि बाँकी सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नेप्से ५.६ अंकले घटेको हो ।
बजार घट्दा पनि आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ वटाको घटेको छ भने १२ वटाको मूल्यमा परिवर्तन भएन ।
उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ३१४ कम्पनीको ४ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।