• Menu

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार १४:०५

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ३.६५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । बैंकले साधारण सभाको मिति तोकेको छैन ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०३ रुपैयाँ छ । कम्पनीले यसअघि आव २०८०/८१ मा ५.२६३ प्रतिशत लाभांश बाँडेको थियो ।