• Menu

कीर्तिपुरमा आइतबार रातिदेखि नै मतगणना सुरु हुने

नेपाल प्रफिट

२०८१ मंसिर १६, १६:५८

कीर्तिपुरमा आइतबार रातिदेखि नै मतगणना सुरु हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार रातिदेखि नै सुरु हुने भएको छ । मतपेटिका संकलन भएलगत्तै मतगणना सुरु हुने कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले जानकारी दिए । कीर्तिपुरका २० स्थलका ३८ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम केहीबेरमा सुरू हुनेछ ।

नगरपालिकाको हलमा मतगणना गन्ने तयारी निर्वाचन अधिकृत कार्यालयले गरेको छ। ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा करिब ५२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

कीर्तिपुरमा नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ का वडाध्यक्ष पदका लागि मतदान भएको हो ।