• Menu

४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ कात्तिक १३, १५:५८

४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज  नेप्से परिसूचक मंगलबार १.७६ प्रतिशत अर्थात् ४६.६९ अंकले बढेको छ । यस सँगै नेप्से आज २६९२.०५ विन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोडको भयो । आज १ करोड ३३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो ।

आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटाको भने घटेका  छन् । ५ वटा भने स्थिर रहेको छ । सबै समूहका सूचक बढेका छन् ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढेको छ ।

बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशतले वृद्धि भएको छ ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढेको छ ।

त्यस्तै समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढेको छ ।