काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से १८ अंकले घटेको छ । जलविद्युतबाहेक बैंक, उत्पादनमूलक, व्यापारलगायतका सबै उपसमूह ओरालो लागेपछि समग्र बजार परिसूचक नेप्से १८.२५ अंकले घटैर २६२७.१४ अंकका झरेको छ ।
जलविद्युत समूह भने ११.६५ अंकले बढेको छ । आज सबैभन्दा धेरै नेपाल एसबीआई बैंक ९.७५ प्रतिशतले बढेको छ । आजको कारोबारमा ६७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १७० वटाका लगानीकर्ताले गुमाएका छन् । सात कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
आज ३१७ कम्पनीको ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से परिसूचक बुधबार पनि २०.४१ अंकले घटेको थियो ।