• Menu

मधेसमा प्रदेशमा बाढीबाट ८० करोडभन्दा बढीको क्षति

नेपाल प्रफिट

२०८१ असोज २३, बुधबार ११:५२

मधेसमा प्रदेशमा बाढीबाट ८० करोडभन्दा बढीको क्षति

धनुषा । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।

मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट ९ करोड ५० लाखको क्षति भएको छ ।

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले ९ करोड २५ लाख, बारामा ८ करोड ५० लाख, सिरहामा ७ करोड ९० लाख, महोत्तरीमा ७ करोड ५० लाख र पर्सामा ५ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले ८ करोड निकासा गरेको छ ।