एजेन्सी । इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीमा मध्यपूर्वमा लडाइँ फैलिन डरले सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।
ग्रिनविच मिनटाइम (जीएमटी) १५२५ (पेरिसमा साँझ ५:२५) तिर ब्रेन्ट नर्थ सी तेलको मूल्य २.६ प्रतिशतले बढेर प्रतिब्यारेल ८०.१० डलर पुगेको हो ।
अमेरिकामा नोभेम्बरको डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) २.८५ प्रतिशतले बढेर ७६.५१ डलर पुगेको थियो ।