• Menu

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

नेपाल प्रफिट

२०८१ असोज २०, ११:४९

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

दाङ । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब ४ सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौँ पठाइएको हो ।

जिउँदो खसी प्रतिकेजीको ५ सय ६० र बोका प्रतिकेजीको ५ सय ४०को दरमा खरिद गरिएको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ४ सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो ।

गत वर्ष दाङबाट खाद्यले ७ सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौँ पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै ४ सय मात्र पठाइएको प्रमुख सुनारले बताए ।