• Menu

साढे ४१ करोड लगानीमा निर्माणाधीन चौतारा रंगशाला अलपत्र

नेपाल प्रफिट

२०८१ असोज १८, शुक्रबार ११:२९

साढे ४१ करोड लगानीमा निर्माणाधीन चौतारा रंगशाला अलपत्र

सिन्धुपाल्चोक । सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रंगशाला अलपत्र परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीले ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो ।

तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रंगशालाको काम रोकिएको छ ।

उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रंगशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगलले भने कछुवा गतिमा काम भइरहेको बताए ।

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले रंगशाला नहुँदा ६ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएका कारण झन् उपयोगविहीन भएको दुखेसो गरे ।