• Menu

वर्षाले झापामा ५ करोड २१ लाखभन्दा बढीको क्षति, ४०.५ हेक्टरमा लगाएको धानबाली नष्ट

नेपाल प्रफिट

२०८१ असोज १७, १०:५२


झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा  ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका ४०.५ हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा एक करोड ७७ लाख ९२ हजार ३ सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी एक करोड ७५ लाख ७३ हजार ६ सय बराबरको क्षति भएको छ ।

‘हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ,’ उनले भने, ‘विवरण संकलन जारी छ ।’ केन्द्रका प्रमुख सागर विष्टले भने ।