काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले गत वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई बोनस सेयर प्रस्ताव गरेको हो ।
सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (करबाहेक) दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीले असोज २१ गतेका लागि साधारणसभा बोलाएको छ । त्यस्तै साधारण सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज मिति तय गरिएको छ । असोज ६ सम्म कायम सेयरधनीले बोनस सेयर पाउनेछन् ।
कम्पनीले बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।