• Menu

लगातार छैटौं दिन घट्यो नेप्से, परिसूचक २६०० अंकनजिक, सुस्तायो कारोबार रकम

नेपाल प्रफिट

२०८१ भदौ २६, बुधबार १५:१६

लगातार छैटौं दिन घट्यो नेप्से, परिसूचक २६०० अंकनजिक, सुस्तायो कारोबार रकम

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार पनि घटेको छ । गत साताको बुधबारदेखि नै लगातार घट्न थालेको बजार छैटौं कारोबार दिन पनि घटेको हो ।

छैटौं दिन लगातार घट्दा परिसूचक २८३०.२ अंकबाट २६१०.२१ अंकमा झरेको छ । बुधबार नेप्सेमा २२.७३ अंकको गिरावट आएको छ । वित्त, निर्जीवन बिमा र व्यापारबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि ६६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने विन नेपाल लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा आज ६ अर्ब ८५ करोड ११ लाखको मात्र कारोबार भएको छ ।