काठमाडौं । एभरेस्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सञ्चालक समितिले १० प्रतिशत बोसन र करसहित नगद ५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
गत आवको नाफाबाट लाभांश घोषणा गर्ने एभरेस्ट बैंक पहिलो हो । एभरेस्ट बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २०.५३ तथा आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।