काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकामा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको जनाएको छ ।
बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफैं डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।
यो एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकामा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ ।
साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाको लागि ग्लोबल जुनियर एपमार्फत् नवीनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।
यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकामा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरणसमेत रहेको छ ।
ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताका लागि डिजाइन गरिएको प्लेटफर्म हो ।
यो एप बालबालिकाले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकको समन्वयमा सजिलै चलाउन सकिन्छ ।
ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् ।
यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि नि:शुल्क प्रयोग गर्न सकिन्छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढिी सेवा केन्द्र रहेका छन् ।