• Menu

नेप्सेमा १२७ अंकको उछाल, २३९ कम्पनीको सेयर मूल्य बढ्यो

नेपाल प्रफिट

२०८१ भदौ १७, १५:१९

नेप्सेमा १२७ अंकको उछाल, २३९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक सनेप्सेमा १२७ अंकको उछाल आएको छ । नेप्सेमा सूचीकृत सबै समूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ अंकमा उक्लिएको हो ।

सेयर बजार ९० अंक घटेर बढेको हो । बजार बिहीबार ३६.८३ र आइतबार ५३.६३ अंकले घटेको थियो । आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको मात्र घटेको छ ।

आज सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारोबार रकम पनि बढेको छ ।

आइतबार साढे १० अर्ब रुपैयाँहाराहारीको मात्र कारोबार भएकोमा आज १३ अर्ब १० करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।

(यसअघि असावधानीवश तथ्यांकगत त्रुटी भएकाले क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक)