पर्सा । औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगन्ज मा ४५औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगन्जमा होटल तथा पर्यटन व्यवसायीले शुक्रबार वीरगन्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगन्ज को शंकराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगन्जमा अध्यक्ष हरि पन्तले ४५औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा वीरगन्ज को शंकराचार्य गेटमा एक विशेष कार्यक्रम गरेर भारतीय पर्यटकलाई भव्य स्वागत गरिएको बताए ।
‘वीरगन्ज औँद्योगिक र व्यापारिक नगरीको साथसाथै धार्मिक पर्यटनको उच्च सम्भावना भए पनि पर्यटन क्षेत्रले आशातित् विकास हुने अवसर पाएको छैन,’ उनले भने,’वीरगन्ज मा चारवटा तारेहोटसहित ८५ भन्दा धेरै होटल रहेका छन् । तर,वीरगन्ज मा अपेक्षाकृत ढङ्गले पर्यटकको बसाइ बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’
वीरगन्ज मा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । वीरगन्ज भन्सार नाका हुँदै भारतीय पर्यटकहरु पशुपतिनाथ, जनकपुर, गढिमाई र मुक्तिनाथ लगायतका धार्मिकस्थलमा जाने गरेका छन् ।
‘हामीले वीरगन्ज को पर्यटन क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धनका लागि विभिन्न पर्यटकीय गतिविधि गर्दै आइरहेका छौ’ उनले भने, ‘सरकारले पनि आवश्यक पर्यटकीय क्षेत्रको प्रवद्र्धनात्मक कार्यक्रममा सहयोग गर्न आवश्यक भइसकेको छ ।’
अध्यक्ष पन्तले वीरगन्ज मा औद्योगिक तथा व्यापारिक सहरको साथसाथै पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न जरुरी रहेको बताए । उनका अनुसार वीरगन्ज मा पछिल्लो समय सुविधा सम्पन तारे होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन् ।
वीरगन्जमा तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, लगायतका छन् । वीरगन्ज को पर्यटन क्षेत्र आन्तरीक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।