• Menu

बैतडीमा आगलागीबाट ३५ लाखको क्षति

नेपाल प्रफिट

२०८१ असोज ८, १२:२७

बैतडीमा आगलागीबाट ३५ लाखको क्षति

बैतडी । यहाँको मेलौली नगरपालिका-६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेका महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

सोमबार राति ११:२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा विद्युत ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।