• Menu

जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी

नेपाल प्रफिट

२०८१ भदौ १०, १५:०१

जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी
सांकेतिक तस्बिर ।

एजेन्सी । जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।

मौसमविदहरुले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले सयौँ उडान तथा रेल सेवा अवरुद्ध गरेको छ भने भारी वर्षाले प्रशान्त तटमा क्षति पुर्‍याएको छ ।

यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।