• Menu

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट

नेपाल प्रफिट

२०८१ भदौ ९, १८:०७

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई क्राउन ल्याबोरेटोरी एन्ड रिफरल सेन्टर (के-ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याबोरेटोरी एन्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकका ग्राहकले के-ल्याब नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवाबापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।