एजेन्सी । युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको छ । बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार आक्रमण उक्त क्षेत्रका ९ जिल्लामा लक्षित गरिएको छ ।
आक्रमणमा ५ जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ । रूसले गत साता बेलगोरोड क्षेत्रमा संघीय स्तरको आपतकाल घोषणा गरेको थियो । युक्रेनी सेनाले रूसी सिमानानजिक आक्रमण जारी राखेको छ ।
रूसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणविरुद्ध प्रत्याक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । युक्रेनले पछिल्लो २४ घण्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारी साधन गुमाएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।