काठमाडौं । नेप्से परिसूचक आज बुधबार सामान्य बढेको छ । कारोबार खुलेको ५ मिनेटमै ३००० अंक पार गरेको नेप्से तीव्र उतारचढाव हुँदै ०.०७ प्रतिशतले बढेर बजार बन्द भएको हो ।
कारोबारको मध्य समयमा नेप्से परिसूचक २९४३.६१ अंकसम्म झरेको थियो । अन्तिममा २.११ अंकले बढेर २९६८.४४ अंकमा उक्लिएको छ ।
आज बैंक, विकास बैंक, वित्त, लगानी र अन्य समूह सामान्य बढे भने बाँकी सबै समूह ओरालो लागेका छन् ।
अघिल्ला दिनहरुको तुलनामा आज कारोबार रकम घटेको छ । आज ३३७ कम्पनीको १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको हो । आइतबार २८ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
आज १०० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४० कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।