• Menu

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, १६.५ प्रतिशत वृद्धि

नेपाल प्रफिट

२०८१ भदौ २, १४:१४

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, १६.५ प्रतिशत वृद्धि

काठमाडौं । विदेशमा रहेका नेपालीले पठाउने रकम अर्थात् रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष १३.९ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ छ ।

अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ९७ हजार ७०४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।