काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले ३००० अंक पार गरेको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा उक्लिएको हो ।
नेप्से परिसूचक आज ३०३६.६४ अंकसम्म पुगेर घटेको छ । आज बैंक समूहमा ५.६५ प्रतिशतको उछाल आउँदा वित्त, जीवन बिमा, उत्पादन, लघुवित्त र अन्य समूह भने ओरालो लागेका छन् । बाँकी समूहको वृद्धि सामान्य छ ।
आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँमा किनबेच भएको छ ।
यसअघि साउन २८ गते सोमबार २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
आज १०५ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १३७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । विन नेपाल लघुवित्तको सेयर मूल्य स्थिर रह्यो ।
आज कुल बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख रुपैयाँ पुगेको छ ।