• Menu

नेप्सेको कुल बजार पुँजीकरण ४७ खर्बनजिक, डेढ महिनामा साढे १४ खर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति

नेपाल प्रफिट

२०८१ साउन ३०, बुधबार १५:५८

नेप्सेको कुल बजार पुँजीकरण ४७ खर्बनजिक, डेढ महिनामा साढे १४ खर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति
तस्बिर एआई ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कुल बजार पुँजीकरण ४७ खर्ब नजिक पुगेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.२९ अंकले बढेसँगै नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर मूल्य ४६ खर्ब ९७ अर्ब ५२ करोड रुपैयाँ नाघेको हो । नेप्से परिसूचक २९५७.७५ अंकमा उक्लिएको छ ।

मंगलबार ४६ खर्ब ४३ अर्ब रहेको कुल बजार पुँजीकरण आजको ३४ अंकको वृद्धिसँगै ५४ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण डेढ महिनामै १४ खर्ब ४१ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ५६ अर्बबाट ४६ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

असार १७ यताको डेढ महिनाको अवधिमा नेप्से परिसूचक पनि ९०४.३७ अंकले बढेर २०५३.३८ बाट २९५७.७५ अंकमा पुगेको छ ।