काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा २८० अंकको वृद्धिपछि करेक्सन आएको छ । यसअघिका चार कारोबार दिनमा २८०.३३ अंक बढेको बजार आज मंगलबार ८.१८ अंकले घटेको हो ।
नेप्से परिसूचक गत साताको बुधबार १०८.३५ र बिहीबार ६.७ तथा यो साताको आइतबार ९४.४६ र सोमबार ७०.८१ अंकले बढेर २६५१.३२ बाट २९३१.६५ अंकमा उक्लिएको थियो ।
कारोबार रकम आज पनि उल्लेख्य रह्यो । आज ३३२ कम्पनीको २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । सेयर बजारमा हिजो सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज बैंक, वित्त, लगानी, जीवन बिमा र व्यापार समूह बढे पनि बाँकी सबै समूह घटेपछि परिसूचक ओरालो लागेको हो । बजार घट्दा पनि ८० कम्पनीका लगानीकर्ताले कमाएका छन् । १५७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सर्वाधिक कमाउने कम्पनीमा मातृभूमि लघुवित्त, पिपुल्स पावर, डोल्टी पावर, गुडविल फाइनान्स र ङादी हाइड्रोपावर सर्वाधिक कमाउने शीर्ष पाँच कम्पनीमा परेका छन् ।