• Menu

आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा गर्‍यो बिमा साक्षरता कार्यक्रम

नेपाल प्रफिट

२०८१ साउन २९, १२:२३

आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा गर्‍यो बिमा साक्षरता कार्यक्रम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा बिमा साक्षरता कार्यक्रम आयोजना गरेको छ । कम्पनीले सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गतको दोस्रो दिन सोमबार बिमा साक्षरता बढाउने उद्देश्यका साथ सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा अभियान सञ्चालन गरेको हो ।

कम्पनीको स्थापनाको सातौं वर्ष पूरा गरेको अवसरमा मुलुकभर बिमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीले बिमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि विद्यालय र क्याम्पस तहका विद्यार्थी एवं विभिन्न संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गरी बिमा साक्षरता जागरण अभियान सञ्चालन गरेको जनाएको छ ।

नेपालको बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको उद्देश्यलाई आत्मसात् गर्दै बिमा साक्षरता जागरण अभियान गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले महेन्द्रनगरको कञ्चनपुर गर्ल्स होस्टेल, भिमादको रिसिङ पाटन, चापागाउँको देवी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, सातदोबाटोको सशस्त्र प्रहरी बल र टिकापुरको टिकापुर बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको छ ।

त्यस्तै अत्तरियाको होलिल्यान्ड उच्च मावि, कैलालीको लम्की बहुमुखी क्याम्पस, तनहुँको भानुभक्त बहुमुखी क्याम्प्सलगायतका विभिन्न शैक्षिक प्रतिष्ठान र संस्थाहरुमा बिमा साक्षरता जागरण अभियान सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बिमासम्बन्धी प्रचलित ऐनका साथै बिमाको महत्व र राष्ट्र विकासमा बिमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी गराइएको छ ।