काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त भएका छन् ।
२०७७ सालयता कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँललाई उनको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिएको हो ।
गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँलको पुनः नियुक्तिको निर्णय गर्दै स्वीकृतिका लागि बिमा प्राधिकरण पठाएकोमा साउन २८ गते प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।
बिमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार वर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै एक अर्ब ४० करोड रुपैयाँ रहेको पुँजी वृद्धि गरी हाल पाँच अर्ब पुगेको छ । यस्तै कम्पनीले व्पायार र वित्तीय सूचकमा पनि ठूलो फड्को मारेको छ ।