• Menu

पहिरोमा घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु, दुई घाइते

नेपाल प्रफिट

२०८१ साउन २२, १४:३४

पहिरोमा घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु, दुई घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नगरपालिकाको बिसौना बस्ने विष्णु बिकको घर आज बिहान पहिरोमा पुरिँदा चार जनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र २ वर्षीया रियन्सी विकको मृत्यु भएको हो ।

घाइते दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।