• Menu

तनहुँमा एक वर्षमा ७७१ नयाँ उद्योग थपिए, २६२ वटा बन्द

नेपाल प्रफिट

२०८१ साउन १६, बुधबार ०९:२७

तनहुँमा एक वर्षमा ७७१ नयाँ उद्योग थपिए, २६२ वटा बन्द

तनहुँ । आर्थिक वर्ष २०८०/८१ तनहुँमा ७७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ ३९८ र वाणिज्यतर्फ ३७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार १३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा २६२ उद्योग बन्द भएका छन् । आव २०७९/८० मा जिल्लामा ६०३ उद्योग दर्ता भएका थिए ।

गत आवमा ५१ लाख २१ हजार आठ सय रुपैयाँ राजस्व संकलन भएको थियो । आव २०७९/८० मा ६६ लाख चार हजार १६५ रुपैयाँ राजस्व संकलन भएको थियो ।