• Menu

कांग्रेस-एमाले सत्ता समीकरण बनेपछि नेप्सेमा २५७ अंकको वृद्धि, बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब नाघ्यो

नेपाल प्रफिट

२०८१ साउन १, २१:५१

कांग्रेस-एमाले सत्ता समीकरण बनेपछि नेप्सेमा २५७ अंकको वृद्धि, बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब नाघ्यो

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेयताका बारोबार कारोबार दिनमा सेयर बजार परिसूचक २५७.२१ अंकले बढेको छ ।

असार १७ गते समीकरण बनेयता सेयर बजार परिसूचक २०५३.३८ अंकबाट बढेर मंगलबार २३१०.५९ अंकमा उक्लिएको छ । असार १६ गते पनि नेप्से परिसूचक १६.२९ अंकले बढेको थियो । यो सहित परिसूचक २७३ अंकले बढेको छ ।

यसबीचमा १० दिन सेयर बजार बढ्यो भने दुई दिन घटेको छ । आज मात्रै ७०.१८ अंकले उकालो लाग्यो । कारोबार रकम पनि बढेर ९ अर्ब ७ करोड नाघेको छ । २६ महिनापछि सेयर बजारले २३ सय अंक पार गरेको छ भने ९ अर्बमाथिको कारोबार भएको छ ।

आज मात्रै लगानीकर्ताको सम्पत्ति १ खर्ब १२ अर्ब रुपैयाँ बढेर ३६ खर्ब ६६ अर्ब २३ करोड पुगेको छ ।