काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा सोमबार आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
ओलीले प्रधानमन्त्री पदको शपथ लिएको यो चौथो पटक हो । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनलाई राष्ट्रपतिले सोही धाराअनुसार आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
असार १७ गते बनेको कांग्रेस–एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् ।