• Menu

एमालेले टुंग्यायो मन्त्री बन्नेको नाम, अर्थमा विष्णु पौडेल, अरु को को ? (सूचीसहित)

नेपाल प्रफिट

२०८१ असार ३१, १०:२५

एमालेले टुंग्यायो मन्त्री बन्नेको नाम, अर्थमा विष्णु पौडेल, अरु को को ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आइतबार राति अघि सारेका केही नेताको नाम हेरफेर गरेर मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ ।

एक एमाले नेताका अनुसार विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने पृथ्वीसुब्बा गुरुङ सूचना सञ्चार तथा प्रविधिमन्त्री बन्नेछन् ।

त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।

मानवीर राई रक्षा एवं बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्दैछन् । राजकुमार गुप्तालाई पनि एमालेले मन्त्री बनाउँदैछ ।

विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल र मानवीर राई पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

एमालेले आइतबार अघि सारेका योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम अन्तिम समयमा हटाएको हो ।