• Menu

महिलामा वित्तीय पहुँच बढाउन सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी : गभर्नर

नेपाल प्रफिट

२०८१ असार २२, शनिबार २१:२३

महिलामा वित्तीय पहुँच बढाउन सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महिलामा वित्तीय पहुँच बढाउन सञ्चालनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रम सफल रहेको बताएका छन् ।

‘सहुलियत एक लाख २६ हजार ऋणी छन्, त्यसमध्ये ७५ हजार महिला ऋणी छन् । उनीहरुले बैंकहरुबाट झन्डै ४३ अर्ब रुपैयाँ ऋण लिएका छन् । यसलाई थप बढाउनुपर्छ,’ चौथो न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् कार्यक्रममा उनले भने ।

महिलामा वित्तीय पहुँच बढाउन आवश्यक रहेकाले महिला उद्यमीलाई नहिच्किइकन सहयोग गर्न उनले बैंकहरुलाई आग्रह गरे ।

यस वर्षको न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डसमा देशभरिबाट छानिएका १२ उद्यमशील महिलालाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा ‘महिलाको व्यावसायिक नेतृत्वलाई सबलीकरण’ विषयमा विज्ञहरुबीच प्यानल छलफल पनि गरिएको छ ।

व्यावसायिक महिलामा केन्द्रित यो कार्यक्रम न्यु बिजनेस एजले सन् २०२१ देखि बर्सेनि गर्दै आएको छ ।