• Menu

एनआईसी एसिया बैंकमा भाखा नाघेका ऋणीलाई छुट योजना सार्वजनिक

नेपाल प्रफिट

२०८१ असार १९, बुधबार १३:३०

एनआईसी एसिया बैंकमा भाखा नाघेका ऋणीलाई छुट योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेका ऋणीलाई लक्षित गरी छुट योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार २०८१ असारभित्रमा ऋण चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा छुट दिइनेछ । २०८० चैत मसान्तमा भाखा नाघेका ऋणीले यस्तो अवसर पाउने छन् ।

भाखा नाघेको ९१ देखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत र १८१ देखि ३६५ दिनसम्म भाखा नाघेको भए २५ प्रतिशत छुट पाइने बैंकले जनाएको छ । भाखा नाघेको अवधि ३६५ दिनभन्दा बढी भएमा ३५ प्रतिशत छुट मिल्नेछ ।

आर्थिक शिथिलताका कारण बैंकका ऋणीमा पर्न गएको असरलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।