काठमाडौं । सत्ता समीकरणमा आएको परिवर्तनसँगै सेयर बजारमा तीव्र विचलन देखिएको छ । दुई पटक सकारात्मक सर्किट लागेको बजार अन्तिम समयमा ४७ अंकले बढेर बन्द भएको छ ।
कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशत बढेको थियो । दोस्रोपटक खुलेपछि बजार ५ प्रतिशत बढेर २१६२ अंकमा पुगेपछि पुन: सकारात्मक सर्किट लाग्यो ।
दोस्रो पटकको सर्किटपछि सम्हालिएको बजार ४७.०४ अंकले बढेर २१००.४३ अंकमा उक्लिएको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ ।
दुई पटक सर्किट लागेको बजारमा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । बैंक, उत्पादनमूलक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरैले बढ्दा अरु समूहमा पनि हरियाली छाएको छ ।