चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा प्रत्येक वडाका पाँच एकल महिलालाई पाठी वितरण गरिएको हो ।
नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले जानकारी दिए ।
सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको छ । उनले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरे । पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उनले बताए ।