• Menu

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, बैंक समूहमा उछाल, तीन कम्पनीमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८१ वैशाख ३१, १६:४९

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, बैंक समूहमा उछाल, तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार ५.६३ अंकले बढेको बजार हिजो आइतबार ८.२६ र आज सोमबार २४.३९ अंकले उकालो लागेको हो ।

तीन दिनमा ३८.२८ अंकले बजार बढेर १९९८.८९ अंकमा उक्लिएको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आइतबार ३ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ४० करोड रूपैयाँबराबरको कारोबार भएको हो ।

आज नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र मान्डु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिर्जनशील लघुवित्त, हिमालय ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

वाणिज्य बैंक समूह आइतबार ३.२१ प्रतिशतले बढेको छ ।