• Menu

नेप्से ८ अंकले बढ्यो, १२७ कम्पनीका लगानीकर्ताले कमाए

नेपाल प्रफिट

२०८१ वैशाख ३०, १५:४४

नेप्से ८ अंकले बढ्यो, १२७ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार ८ अंकले बढेको छ । वित्त, होटल र लघुवित्तबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ८.२६ अंकले बढेर १९७४.५ अंकमा उक्लिएको हो ।

सेयर बजार गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार पनि ५.६३ अंकले बढेको थियो । आज ३११ कम्पनीको कारोबार हुँदा ३ अर्ब १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

आज १२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १११ कम्पनीको घटेको छ । सबैभन्दा धेरै बढेको सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।