• Menu

बीवाईडीको लक्की ड्र सार्वजनिक, ११ जनालाई जर्मनी गएर युरोकप हेर्न पाउने अवसर

नेपाल प्रफिट

२०८१ वैशाख २८, शुक्रबार १७:४७

बीवाईडीको लक्की ड्र सार्वजनिक, ११ जनालाई जर्मनी गएर युरोकप हेर्न पाउने अवसर

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र वितेजाको नाम सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम आयोजना गरी कम्पनीले विजेता ग्राहकको नाम सार्वजनिक गरेको हो ।

साइमेक्स इंकले ‘नेपाली अब युरो कपमा’ योजनाअन्तर्गत ११ जना विजेता ग्राहकले ‘यूईएफए युरो २०२४’ लाइभ हेर्न पाउने योजना ल्याएको थियो । गत फेब्रुअरीदेखि मे ५ सम्म बीवाईडीको गाडी खरिद तथा बुकिङ गर्ने ग्राहकमध्ये ११ जनाले लक्की ड्र अथवा चिठ्ठामार्फत यो अफर जितेका हुन् ।

कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले चिठ्ठा निकालेका थिए । दुई बक्सामा करिब ८ सय ग्राहकको नामसहितको चिठ्ठामध्ये ११ जना छानिएका हुन् ।

यसअघि, बीवाईडी कस्टमर कार्निभलमा जयराम न्यौपानेले पनि यो अवसर हात पारेको कम्पनीले जनाएको छ । शुक्रबार विजेता बन्न सफल हुने पहिलो चरणमा शास्वत गौतम ४०७, श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ ०७४, विजेन्द्र शाक्य ०८८, कबिनराज श्रेष्ठ ३७३ र दिनेश प्याठा ०२६ रहेका छन् ।

यस्तै दोस्रो चरणका बिजेतामा गणेश कँडेल ६६२, डा. ममता क्षेत्री र डा. जगदीश तिमिल्सिना ६५३, प्रदीप पौडेल ६८२, सगरमाथा टेलिभिजन र विमल गुरुङ १६२, जयप्रकाश दास ६९१ र सजिना पाण्डेय २०० रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नामको पछाडि रहेको कोड नम्बरका आधारमा विजेताले आफू हो भनेर थाहा पाउन सक्छन् ।

बीवाईडीका विजेता ग्राहकले जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुने यूईएफए युरोकप २०२४ का खेलहरू त्यहीँ गएर हेर्न पाउनेछन् । विश्वको प्रमुख न्यु इनर्जी भेहिकल (एनईभी-ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक इमोबिलिटी पार्टनर हो ।