• Menu

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ वैशाख १२, बुधबार ०८:४०

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा बुधबार बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-००१ च ९३२९ नम्बरको जिप ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्